दवाव र घेराबन्दी सुरु गर्छौँ : प्रदीप पौडेल
संस्थापन र इतर समूहको आ–आफ्नै स्वार्थका कारण नेपाली काँग्रेसको विवाद उत्कर्षका साथ सतहमा देखिएको छ ।
शुक्रबारको केन्द्रीय समिति बैठकबाट संस्थापन पक्षले बहुमतका आधारमा, वर्तमान कार्यसमितको म्याद थप, महाधिवेशनको कार्यतालिका तय, विभागको संख्या वृद्धि र तरुण दलको म्याद थपलगायतको निर्णय गरेको छ ।