पूर्वकथा
हिन्दू वर्ण व्यवस्थाअनुसार सबैभन्दा पुछारको जीवन बाँचिरहेका मनोरञ्जनका जिजुबाजे व्यापार–व्यवसाय गर्थे, सामुद्रिक तटमा । जहाज, डुङ्गा चढेर समुद्रको सुदूर किनार नरिवलका व्यापार गर्न पुग्थे ।
भर्खरभर्खर विवाह गरेको दुलाहा । नरिवल बेचेर कमाएको नाफाले दुलहीलाई एकथान गुन्यू किनिदिने इच्छा भएछ । तिनताक १० रुपियाँमा भनेजस्तो गुन्यू आउँथ्यो ।