बिहान भोकै आएका विद्यार्थी खाजा खाने समयमा घरतिर लाग्थे । घर पुगेपछि उनीहरू पुनः विद्यालय फर्किंदैन थिए ।
अहिले पनि कतिपय विद्यार्थी बिहानको खाना नखाई विद्यालय पुग्छन् र खाजाको प्रतीक्षामा रहन्छन् । खाजा खान पाइने भएर पनि विद्यार्थी जबरजस्ती विद्यालयमा टिकेको अवस्था छ ।