विप्लव नेतृत्वको नेकपाकी नेतृ उमा भुजेल दाेस्राे पटक गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी नेतृ उमा भुजेल (शिलु) लाई प्रहरीले दाेस्राे पटक गिरफ्तार गरेको छ।

उक्त पार्टीकी पोलिटब्यरो सदस्य समेत रहेकी यसअघि भुजेललाई काठमाडौंको बालाजुबाट नियन्त्रणमा लिइएको थियाे। यसपटक उनलाई झापाबाट गरिएकाे स्राेतले जनाएकाे छ।

पहिलो संविधान सभा सदस्य र त्यसअघिको अन्तरिम संसदमा सदस्य रहेकी भुजेल बिप्लब नेतृत्वको नेकपाकी शीर्ष नेतामा पर्छिन्।

१० बर्षे माओवादी जनयुद्धकी चर्चित नेतृ भुजेलको नेतृत्वमा ५ जना माओवादी कार्यकर्ताहरुले जनयुद्धकालमा गोर्खा जेल ब्रेक गरेका थिए।

गोर्खा जेल ब्रेक गरेर निस्केकी नेतृ भुजेल त्यसपछि माओवादीको सैन्य फाँटमा सक्रिय रहेकी थिइन्। त्यसपछि उनी जनसेनाको ब्रिगेड कमाण्डर र कमिसार भइन्।

माओवादी विभाजित भएपछि सुरुमा मोहन बैद्य नेतृत्वको माओवादीमा लागेकी उनी त्यो पार्टीपनि विभाजित भएपछि चन्द नेतृत्वको पार्टीमा सक्रिय थिइन्।

भुजेलविरुद्ध प्रहरीका विभिन्न युनिटहरुमा आगजनी, बम विष्फोट तथा चन्द असुलीबारेको मुद्धा रहेको स्राेतले बताएकाे छ। 

प्रकाशित मिति: : 2019-12-28 21:38:29

प्रतिकृया दिनुहोस्