युनेस्को अन्तर्गतको एकेडेमी अफ साइसेन्स फर डेभलपिङ वर्ल्डले प्रत्येक वर्ष विकासोन्मुख मुलुकहरूका वैज्ञानिकहरूलाई दिने ५ हजार डलर राशीको पुरस्कार मैले पाएको छु।
मैले १४ वर्षसम्म औषधीजन्य जडीबुटीमा गरेको अनुसन्धान हेरेर यो पुरस्कार दिइएको हो।
पुरस्कारका लागि आफूले गरेको मुख्य/मुख्य कामको सूची उल्लेख गर्न भनिएको थियो। त्यसमा मैले टिमुरमा विशेष काम गरेको छु,जसले गर्दा भोलि नेपालको अर्थन्तन्त्रमा राम्रो हुन सक्छ भनेर लेखेको भएर टिमुरकै कारण पाएको भन्दा अन्यथा हुँदैन।