कीर्तिपुरको पांगा दोबाटो नजिक भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ।
शुक्रबार साँझ साढे पाँच बजे पांगा दोबाटोस्थित तरकारी बजारको पछाडितिर फोहोरमा प्लास्टिकसँगै भेटिएको उक्त शंकास्पद वस्तु ‘ह्याण्ड ग्रिनेड’ बम भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले जानकारी दिए।
शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धान जारी रहेको कामतीले जानकारी दिए।