अख्तियार दुरुपयोय अनुसन्धान आयोगले घुस लिएको आरोपमा एक प्रहरी हवल्दारलाई पक्राउ गरेको छ। आठ हजार रुपैयाँ घुस लिएको भन्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठलाई आयोगले नियन्त्रणमा लिएको हो।
दमक नगरपालिका–४ ताराबारीको काठमिलबाट पक्राउ परेका हवल्दार श्रेष्ठले काठ फर्निचर कारोबारमा सहजीकरण गर्छु भनेर सेवाग्राहीसँग घुस लिएको आयोगको दाबी छ।