बिएल संवाददाता
काठमाडौंमा शुक्रबारदेखि ‘अन्तर्राष्ट्रिय साहित्य महोत्सव’ सुरु भएको छ। महोत्सव नेसनल कलेजले आयोजना गरेको हो।
तीनदिने महोत्सवको नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले उद्घाटन गरे। महोत्सवको पहिलो दुई दिन प्राज्ञिक र अन्तिम एक दिन अन्तर्राष्ट्रिय पाहुनालाई काठमाडौं, ललितपुर तथा भक्तपुरका ऐतिहासिक र सांस्कृतिक धरोहर भ्रमण गराउने गरी कार्यतालिका तय भएको महोत्सवका संयोजक भिष्म सुवेदीले बताए।
पहिलो दिन मुख्य वक्ताहरूबाट प्रस्तुतिसँगै ‘एक्सप्रलोरिङ एसिया’अन्तर्गत स्वदेशी तथा विदेशी साहित्यकारद्वारा आ–आफ्ना कविताको केही अंश वाचन गरिएको थियो।
काठमाडौं बाहिर साहित्य महोत्सव भइरहे पनि काठमाडौंमा भने लामोसमयदेखि साहित्य महोत्सवको आयोजना नभएका कारण यो महोत्सव आयोजना गरेको आयोजकले जनाएको छ।
महोत्सवमा नेपाललगायत भारत, बंगलादेश, श्रिलंका, कोरिया, अस्ट्रेलिया, कम्बोडिया, हङकङ अमेरिकाका साहित्यकारको सहभागिता रहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया