काठमाडौंको टोखा नगरपालिका–६, ग्रिनल्याण्डमा घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय ग्रिनल्याण्ड स्कुलमा अध्ययनरत् अनिषा पौडेलको मृत्यु भएको हो।
बुधबार पौडेल स्कुलबाट फर्किएर खेलिरहेका बेला ५ तलामाथिबाट खसेकी थिइन्। छतबाट खस्दा कम्पाउण्डको बारमाथि लगाइएको धारिलो रडमा उनी खोपिइन्। प्रहरी र स्थानीयले केहीबेरमै रड काटेर बालिकालाई ग्राण्डी अस्पताल पुर्याएका थिए। उलाई अस्पतालले मृत घोषित गरेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले बताए।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम गरेपछि पौडेलको अन्त्येष्टि गरिसकिएको जनाइएको छ।