काठमाडौं उपत्यकाको तापक्रम शुक्रबार १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान काठमाडौंको तापक्रम १ डिग्री सेल्सियसमा झरेको थयो भने आज १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। यसअघि बुधबमर काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो।
यस्तै जुम्लाको माइनस ७ डिग्री, दोलखाको जिरीको माइनस ३ दशमलव ५, डडेलधुराको १ दशमलव ७ र दिपायलको ३ दशमलव ५ डिग्री सेल्सियसम्म मापन गरिएको छ।
तर तराईका कतिपय क्षेत्रको अधिकतम र न्यूनतम तापक्रम भने थोरै मात्र घटबढ भएकाले जाडो धेरै महसुस भएको मौसमविद्ले बताएका छन्।
तराइमा केही दिनदेखि लागिरहेको हुस्सु शुक्रबार दिनैभरि हट्ने सम्भावना नरहेकाले चिसो नहट्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् विभूति पोख्रेलले जानकारी दिइन्।
गएको बुधबार र बिहीबार बिहान लागेको हुस्सु दिउँसो केहीबेर हटे पनि आज भने दिनभर नै हुस्सु लाग्ने उनले बताइन्। पानी पार्ने वायुको प्रणाली नदेखिएसम्म तराई क्षेत्रमा कुहिरो हट्ने सम्भावना नभएको पनि उनले जानकारी दिइन्।