पशु अधिकारकर्मीले कुकुर हत्याका दोषीलाई कानुनी कारबाहीका लागि अगाडि बढ्दा प्रहरीले बेवास्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहिबार रिपोर्टर्स क्लब नेपालमा दश वटा पशु अधिकारमा सक्रिय संघसंस्थाले संयुक्त पत्रकार सम्मेलन गरी कुकुर हत्याका दोषीलाई कडा कारबाही गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे।
तिनकुने सुविधानगरस्थित हेवन रेस्टुरेन्ट भएको भवनको पार्किङमा विगत दुई वर्ष देखि बस्दै आएको सेत नाम गरेको कुकरको हत्या गरिएको एसपीसीए नेपालका अध्यक्ष विकेश श्रेष्ठले जानकारी दिए। शनिबार २१ मंसिरमा सेतुको हत्यामा संलग्न दोला बिगु गाउँपालिका घर भई काठमाडौं शान्तिनगर बस्दै आएका सञ्जीव ओली र उनकी पत्नी प्रीती शेर्पासहित सात जनाको समूहले हत्या गरेको श्रेष्ठको भनाई रहेको छ।
'उनीहरुविरुद्ध प्रहरीले कुनै जाहेर लिएन उल्टै हप्काएर पठाए। पशु मारे बापत कुनै जाहेरी हुँदैन। एस्तो जाहेरी नल्याउनुहोस् फेरी आफै फस्नुहोला भनेर हामीलाई फर्काइयो।'उनले भने।
श्रेष्ठले सेतुबाहेक अरु कुकुरहरु अत्याधिक मात्रामा मरिरहेको र यसबारे कसैको ध्यान नपुगेको बताए। उनले भने, ‘प्रहरीले हामीलाई मिलापत्र गर्नृुस् भन्नुभयो। कुकुर मरेको कुनै ठूलो विषय नभएको उनलाई प्रहरीले बताए।’
प्रहरीद्धारा निवेदन अस्वीकार गरेपछि सबिना आपागाईँले सेतु मारिएको घटनालाई आफ्नो सामाजिक संजाल माफर्त सार्वजनिक गरेकी थिइन्। सार्वजनिक गरिएपछि गैर सरकारी संस्था एसपीसिए नेपालको ध्यानाकर्षण पुगेको बताइयो। सो पोस्टलाई एसपीसिए नेपालले समेत आफ्नो सामाजिक संजालमा पोस्ट गरेका थिए।
मुलुकी अपराध संघियता २०७४ को दफा २९० अनुसार पशुपन्छी प्रति निर्दयी व्यवहार गर्न नहुने र उक्त कार्य गर्ने वा गराउनेलाई तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुने उनले बताए।
'पशु बोल्न सक्दैन् तर भावना हुन्छ।'उनले भने,'पशु र मानिसहरु एउटै स्थानमा बसेकै कारण मात्र संसार चलिरहेको छ।' कानुनमा लेखिएको कुरा प्रहरी लगायत जिल्ला कार्यालय वकिलहरुले पनि सुन्नु पर्ने उनले बताए।