बिएल संवाददाता
धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि हाँस्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले नगद सहयोग गरेका छन्।
दुबै कलाकारले एपी वान टेलिभिजनबाट प्रसारण भएको ‘को बन्छ करोडपति’ को पहिलो सिजनबाट खेल खेलेर जितेको रु ८० हजार सहयोग फाउण्डेशनलाई प्रदान गरेका हुन्।
दुबै कलाकारले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै करोडपतिबाट जितेको रकम धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गराएको जानकारी दिए।
उनीहरुले स्टाटस् लेखेका छन् ‘ जनस्तरबाट निर्माण भइरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी हामी कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले एपि वान टेलिभिजनबाट प्रशारण भएको ‘को बन्छ करोडपति’ को पहिलो सिजनमा खेल खेली जितेको ८० हजार रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छौं। राष्ट्र निर्माण, तपाई हाम्रो अभियान। ’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया