बिहीबार बिहान ८ः४२ मा सुरु भएको ग्रहण बिहान ११ः३१ मा सकिएको छ। पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु भएको ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त भयो। ग्रहणको सूतक गएराति ८ः४२ बजेदेखि नै सुरु भएको थियो।
यो ग्रहण २०७६ सालको अन्तिम ग्रहण हो। यसअघि असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो।
खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अस्ट्रेलियाबाट समेत देखिएको थियो।