बिएल संवाददाता
शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार दुई वटा खेल हुँदैछ।
तेस्रो चरणको पहिलो खेलमा मच्छिन्द्रले फ्रेण्ड्स क्लबसँग खेल्नेछ। यस्तै अर्को खेलमा च्यासलले न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो खेल सातदोबाटोको एन्फा मैदानमा दिउँसो १२ बजेबाट सुरु हुनेछ। जारी लिगमा दुई खेलमा अपराजित रहेको मच्छिन्द्रले पहिलो खेलमा ब्रिगेड ब्वाइनलाई २–०ले हराएको थियो। दोस्रो खेलमा च्यासलसँग बराबरी खेलेको थियो। बुधबारको खेलमा फ्रेण्ड्सलाई हराउँदै लिगको शीर्ष स्थानमा उक्लने लक्ष्यमा मच्छिन्द्र हुनेछ।
फ्रेण्ड्सले पहिलो खेलमा त्रिभुवन आर्मीसँग हारेको थियो। दोस्रो चरणको खेलमा पनि फ्रेण्ड्स ब्रिगेड ब्वाइजसँग २–०ले पराजित भएको थियो।
बुधबार नै दोस्रो खेलमा दशरथ रंगशालामा च्यासल क्लबले न्युरोड टिम एनआरटीसँग खेल्नेछ। च्यासल पनि जारी लिगमा अपराजित रहेको छ।
च्यासलले पहिलो खेलमा संकटालाई २–०ले हराएको थियो। अर्को खेलमा च्यासलले मच्छिन्द्रसँग १–१ गोलको बराबरी गरेको थियो।
दुबै खेलमा च्यासलका लागि सन्तोष शाउखलले गोल गरेका थिए। बुधबारको खेलमा सन्तोषलाई नयाँ इतिहास रच्ने मौका रहेको छ।
घरेलु लिगमा ९९ गोल गरेका सन्तोषले बुधबारको खेलमा एक गोल गरेमा एक सय गोल पूरा गर्नेछन। जुन नेपाली फुटबलमा सन्तोषको नयाँ इतिहास हुनेछ।
यता पहिलो खेलमा सरस्वतीविरुद्ध ४–० को जित निकालेको एनआरटी दोस्रो खेलमा संकटासँग १–० ले पराजित भएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया