पूर्व राजा ज्ञोन्द्र शाहको प्रत्यक्ष शासनका बेला महान्यायाधिवक्ता रहेका वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर ‘निराला’ खड्का न्याया परिषद सदस्यमा सिफारिस भएका छन् ।
मंगलबार बिहान बसेको संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएर निरालाविरुद्ध उजुरी आह्वान गरेको छ।
न्यायपरिषदबाट पदमप्रसाद वैदिकले कार्यकाल एक वर्ष बाँकी छँदै राजीनामा दिएका थिए।
निराला ०६२ पुस ११ देखि ०६३ वैशाख १५ सम्म महान्यायाधिवक्ता थिए। त्यसबेला मन्त्रिपरिषदको अध्यक्ष ज्ञानेन्द्र शाह आफैं थिए। त्यसअघिका महान्यायायधिवक्ता पवन ओझा सर्वोच्चको अस्थायी न्यायाधीश नियुक्त भएपछि निरालालाई महान्यायाधिवक्ता बनाइएको थियो।