एसिड पीडित मुस्कानको सहयोगका लागि ‘बुद्ध बर्न इन नेपाल’को विशेष शो

बिएल संवाददाता

काठमाडाै‌ं

एसिड पीडित मुस्कान खातुनको सहयोगका लागि सोमबार चलचित्र ‘बुद्ध वर्न इन नेपाल’को विशेष शो आयोजना गरिएको छ।  ‘लाइन्स क्लब अफ काठमाडौं’ले काठमाडौंको वीग मुभिजमा आयोजना गरेको विशेष शोमा राजनीति र चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिती थियो। करिब चार बर्ष पहिले नै यो चलचित्र हलमा लागिसकेको थियो।

विशेष शोबाट उठेको रकम र थप केही रकम जोडेर मुस्कानलाई हस्तान्तरण गरिने आयोजक संस्था लाइन्स क्लवले बताएको छ। चलचित्रको विशेष शोमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल पनि उपस्थित थिए। उनले मुस्कानको सहयोगको लागि यस्ता कार्यक्रमहरु हुनु निकै राम्रो भएको बताए। उनले भने–‘जसले जहाँबाट सक्छ सोही स्थानबाट सहयोग गर्ने हो। यो उदारणिय काम हो।’ मुस्कानको पढाईको लागि सरकार समक्ष सहयोगको कुरा गर्ने पनि उनले विश्वास दिलाए।

विशेष शोमा मुस्कान पनि हलमा पुगेकी थिइन्। चलचित्र हेरेपछि मुस्कानले भनिन्–‘मलाई अहिलेसम्म धेरै जनाले सहयोग गर्नुभएको छ। यो सहयोगको लागि पनि सम्पूर्णलाई धन्यवाद। तपाईहरुको सहयोगले मैले लक्ष्य भेट्नेछु।’
 

प्रकाशित मिति: : 2019-12-25 01:02:30

प्रतिकृया दिनुहोस्