नेपाली लिजेण्ड सेफहरुलाई सम्मान

तस्बिरः सुरेन्द्र राना

‘द भ्वाइस अफ सेफ’ ले मुलुकका विभिन्न स्थानमा रहेका २७ जना नेपाली लिजेण्ड सेफलाई सम्मान गरेको छ।

आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित एक भब्य समारोहबिच सेफहरुलाई टोकन अफ लभ दिएर सम्मान गरेको हो।

सम्मानित हुने लिजेण्ड सेफहरुमा छविलाल गुरुङ, ध्रुब गिरी, दिल बहादुर महर्जन, दिलिप महर्जन, गोपाल सिंह, गोविन्द नरसिंह केसी, जनक थापा मगर, कालिका प्रसाद गिरी, कमल राना, केदार शिलवाल, केशव राज श्रेष्ठ, कृष्ण कुमार वस्नेत, कृष्ण कार्की, कुमार केसी, मनि राम गिरी, नरहरी अधिकारी, पर्सुराम खड्का, प्रताप मान धौवडेल , प्रेम थापा, पुस्प थापा मगर , राम कृष्ण पन्त, राम कृष्ण थापा, रत्न वहादुर थापा, सुवर्ण मान कर्मचार्य, टिका राम तिवारी र उत्पोल मन्डोल थिए।

होटल तथा अतिथि-सत्कार क्षेत्रमा सबैभन्दा महत्वपूर्णण पाटोका रूपमा रहेका सेफ सधै सधै पछाडि रहेर नायकी भूमिका निभएका हुन्छन्।

कार्यक्रममा विभिन्न वक्ताले होटल उद्योगमा सेफ एक डिजाइनर, वास्तुकलाविद, निर्माणकर्ता र वितरक पनि भएको बताए।

उनीहरू यस क्षेत्रका मुटु भए पनि उनीहरूको उचित मूल्याङ्कन र महत्व अझै पनि सम्बन्धित निकायले बुझ्न नसकेको वक्ताहरूको टिप्पणी थियो।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्थान (नाथम) का कार्यकारी निर्देशक दुर्गा दत्त ढकालले छोटो समयमा

संस्थाले यति राम्रो कामको सुरूवात गरेको भन्दै खुलेर प्रसंशा गरे।

‘पर्दा पछाडिका हिरो सेफहरुलाई सम्मान गर्दा उनीहरुको योगदानको कदर हुनुका साथै अन्य सेफहरूलाई पनि थप हौसला प्रदान गर्नेछ,’ उनले भने।

उनले नाथमले भविश्यमा पनि यस्ता संस्थाहरुसँग सहकार्य गर्ने प्रतिबद्दतासमेत जनाए।

द भोइस अफ सेफका संस्थापक तथा प्रेजेन्टर बिक्रम गिरीले पहिलो पुस्ताका शेफका अनुभव नयाँ पुस्ताका सेफहरू माझ बाढ्न र अन्तरकृया गर्नका लागि‘द भ्वाईस अफ सेफ’ संस्था खुलेको बताए।

अंग्रेजी साहित्यमा स्नातक गरेका चन्द्रागिरि-१ निवासी ३४ वर्षे गिरीले यो संस्था सम्पूर्ण सेफहरुको छलफल, अन्तरकृया र अनुभव साटासाट गर्ने सामुहिक थलो भएको बिएल नेपाली सेवालाई जानकारी दिए।

लामो समय होटल क्षेत्रमा सेफको अनुभव बटुलेका उनी काठमाण्डु गेष्ट हाउस, फोर सिजन रेस्टुरेन्ट एण्ड बार ठमेल, झम्सिखेलको सिनामंगल लाउञ्ज एण्ड रेस्टुराँ , र विदेशमा आवुधावि हुँदै हाल मेन ईटरीमा जेनेरल मेनेजरको रुपमा कार्रयत छन्।

त्यसैगरी नाथमका प्रमुख प्रशीक्षक तथा कार्यक्रम संयोजक मनराजा खत्रीले नेपाली सेफको बारेमा थप खोज अनुसन्धान गर्ने र सेफहरुलाई एकै ठाउँमा ल्याएर उनीहरुको आवाज राख्ने साझा चौतारी भएको प्रतिक्रिया दिए।

उनले नेपाली खानालाई अझै व्यवासायिक ढंगले स्थापित गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रवर्धन गर्न यस्तो कार्यले थप राम्रो हुने बताए।

रविभवनस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्थान (नाथम) को सभा हलमा आयोजित कार्यक्रममा होटल व्यवसायी कर्ण शाक्यले यस्तो कार्यक्रबाट सेफहरूको एक आपसमा आत्मीयता बढ्नुका साथै नेपाली खानाका प्रकारलाई विश्वमाझ चिनाउन सफल हुने बताए।

उपस्थित सेफहरुले वर्षौदेखि  राष्ट्रिय तथा अन्तराष्ट्रिय होटल क्षेत्रमा हासिल गरेका आ-आफ्नो कथा र अनुभवहरु बाँढेका थिए।

समारोहमा नेपालका दिग्गज सेफहरु, होटेल व्यवासायी , नाथामका पदाधिकारी र प्रशीक्षकको उपस्थिति थियो।

प्रकाशित मिति: : 2019-12-24 03:43:03

प्रतिकृया दिनुहोस्