जनकपुरधाममा शङ्कास्पद वस्तु फेला परेको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा ४ तिरहुतियागाछीस्थित नेपाल पत्रकार महासंघ धनुषा शाखाको करिब १ सय ५० मिटरको दूरीमा शङ्कास्पद वस्तु फेला परेको हो।
शङ्कास्पद वस्तुलाई निस्क्रिय गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। अहिले सो स्थानलाई घेरा हालेर सर्वसाधारणलाई आवतजावतमा रोक लगाइएको छ।