बिएल संवाददाता
पाकिस्तानमा एक विश्वविद्यालयका शिक्षकलाई ईश्वरको निन्दा गरेको भन्दै मृत्युदण्डको सजाय सुनाइएको छ।
सन् २०१३, मार्च मा जुनैद हफिजलाई पैगम्बर मोहम्मदबारे सामाजिक सञ्जालमा अनादरपूर्ण कुराहरु लेखेको आरोपमा पक्राउ गरेको थियो।
उनलाई मुल्तान सहरस्थित केन्द्रीय कारागारमा हुँदा सजाय सुनाइएको हो। उनका वकिलले फैसलालाई दुर्भाग्यपूर्ण भन्दै त्यसविरुद्ध पुनरावेदन दिने समाचार संस्था एएफपीलाई बताएका छन्।
सन् २०१४ मा हफिजको मुद्धा लड्न सहमत भएका वकिल रसिद रेहानलाई एक बन्धुकधारीले मारेको थियो। जेलभित्र अन्य बन्दीबाट आक्रमण भएपछि हफिजलाई केही समय एक्लो कोठामा कैद गरिएको थियो।
पाकिस्तानमा धर्म निन्दालाई गम्भीर अपराधका रुपमा हेर्ने गरिन्छ। यसरी आरोप मात्रै लागेका व्यक्ति पनि अतिवादी समूहको निशानामा पर्ने गरेका छन्।
अहिलेसम्म पाकिस्तानमा ४० जनालाई मृत्युदण्ड सुनाइएको छ। तर सजाय भने कार्यन्वयन गरिएको छैन्।
अभियोजनकर्ता वकिलले भने फैसलापछि 'ईश्वरको निन्दा गर्नेलाई मृत्यु' भन्दै नाराबाजी गरे र आपसमा मिठाई बाँडेर खुशीयाली मनाएका थिए। एमनेस्टी इन्टर नेसनलले फैसलाबाट निकै दुःख र आश्चर्य चकित भएको भन्दै उक्त फैसला अन्यायपूर्ण भएको जनाएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया