पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आइतबार बुलेटिन जारी गर्दै तराईमा बाक्लो हुस्सु र कुहिरो लागेका कारण चिसो बढेको जनाएको छ। चिसोले तराईको जनजीवन कष्टकर बनेको छ। हाल देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ। पश्चिमी भू–भागलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष ६ गते (आइतवार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ।
पौष ७ गते (सोमवार)
दिउँसो : देशको पूर्वी पहाडि भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ।
राती: देशभर आन्शिक देखि सामान्य बदलिको अवस्था रहने छ।
पौष ८ गते (मंगलवार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदलिको अवस्था रहने छ।
राती : देशको मध्य तथा पूर्वि भु-भागमा आंशिक देखि सामान्य बदलिको अवस्था रहनेछ।