बिएल संवाददाता
स्पेनिस ला लिगामा सेभिल्ला तेस्रो स्थानमा उक्लिएको छ।
शनिबार भएको खेलमा मलोर्कालाई २–० गोल अन्तरले हराउँदै सेभिल्ला लिगको तेस्रो स्थानमा उक्लिएको हो। सेभिल्लाको जितमा डिएगो कार्लोस सान्तोस सिल्भा र एभर बानेगाले एक/एक गोल गरे।
घरेलु टोली मलोर्काविरुद्ध सेभिल्लाले खेलको २० औं मिनेटमा नै अग्रता लिएको थियो। सेभिल्लाका लागि सिल्भाले गोल गरेका हुन्। पहिलो हाफ १–० को अग्रता लिएको सेभिल्लाले दोस्रो हाफमा थप एक गोल थप्यो।
६३ औं मिनेटमा बानेगाले अग्रता दोब्बर बनाउँदै सेभिल्लाको जित सुनिश्चित गरे।
जितसँगै सेभिल्ला १८ खेलमा ३४ अंक बनाउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ। सेभिल्लाभन्दा एक/एक खेल कम खेलेको बार्सिलोना र रियल मड्रिड ३८ र ३६ अंकको साथ पहिलो र दोस्रो स्थानमा रहेका छन्।
पराजित मलोर्का भने १५ अंकको साथ १७ स्थानमा रहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया