सोमबार, १५ डिसेम्बर २०२५

बाबु फरार, आमाको मृत्यु, शिशु अलपत्र

नागरिक दैनिक

नागरिक दैनिक

ध्रुव दङ्गाल
News Image
तस्बिरः सिन्धु सदाबहार अस्पतालको संरक्षणमा रहेका शिशु। तस्बिरः ध्रुव/नागरिक
• • •

सिन्धुपाल्चोक– ६ किलो घुम्ति दुर्घटनामा बसका चालक स्वयम् सपरिवार दोलखाको कालिञ्चोक तीथार्टन गएको खुलेको छ।

जिल्लाको इन्द्रावती गाउँपालिका–१० का चालक सुमन तामाङ पत्नी सुनिता र झण्डै नौ महिने काखे शिशु (छोरा) लिएर कालिञ्चोक दर्शन गर्न पुगेका थिए। 

फर्कँदासुमनले हाँकेको बा२ख ४४६८ नम्बरको बस दुर्घटना भयो। दुर्घटनामा चालक सुमनले पत्नी गुमाए। दुर्घटनामा निधन भएका १५ मध्ये उनकी पत्नि सुनिता एक थिइन्। घटना लगत्तैदेखि सुमन फरार छन्। उनीहरुका काखे शिशु खाडिचौरस्थित सिन्धु सदाबहार अस्पतालको संरक्षणमा छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!