१३ औं सागअन्तर्गत पौडीतर्फको खेलमा नेपालले ४ स्वर्ण, ४ रजत र ४ कास्य गरि कूल १२ वटा पदक जित्दा टिसा शाक्यले व्यक्तिगत स्पर्धामा कास्य र टिम इभेन्ट्समा ३ कास्य गरि कूल ४ वटा पदक जितेकी छिन्।
टिसाले १३ औं सागको तयारी काठमाडौंमै लिंकन स्कुलको पौडी पोखरीमा गरिन्। भारत र श्रीलंकाका उत्कृष्ट खेलाडी समावेश भएको इभेन्ट्सहरूमा उनले व्यक्तिगत स्पर्धामा कास्य जित्नु चानचुने कुरा पक्कै थिएन।
उनको प्रदर्शनबाट अविभावक पनि दंग छन्। ‘छोरीले पदक जित्छे भनेर आशा गरेका थिएनौं। तर, उसले गरेर देखाई,’ सातदोबाटोस्थित पौडी पोखरीमा टिसाकी आमा शान्ति स्पापितले बिएल नेपाली सेवासँग भनिन्।
टिसाको अविभावकले १३ औं सागका लागि तयार भएको हिटिङ पौडी पोखरीको जग हाल्न नेपाली पौडी संघलाई १० लाख रुपैयाँ उपलब्ध गराएका थिए। ‘म त दंग छु। उसैका लागि हामीले खर्च गरेका हौं। नतिजा पनि निस्कियो,’ पौडी संघको सदस्य पनि रहेका सागर शाक्यले भने।
टिसाका अविभावकसँग बिएल नेपाली सेवाले गरेको भिडियो कुराकानीः
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया