सोमालियामा गत अक्टोबर महिनाभर आएको बाढीबाट विस्थापित करिब तीन लाख नागरिकको सहयोगका लागि आवश्यक सहयोग गर्न सरकारले आह्वान गरेको छ ।
शरणार्थी सम्बन्धि राष्ट्रसंघीय निकायले गत अक्टोबरमा आएको बाढीका कारण विस्थापित हुनेहरुका लागि सहयोग गर्न गत हप्ता नै आग्रह गरेको थियो ।
सोमालियाका अरु शहरहरु र त्यसमा पनि सबैभन्दा बढी बियानी भन्ने ठाउँका नागरिक बाढीको चपेटामा परेका छन् । उनीहरु अस्थायी टहरामा बस्दै आएका छन् ।
भारी मात्रामा परेको वर्षाका कारण स्थानीय सियाली नदीमा आएको बाढीबाट ठूलो मात्रामा नागरिक विस्थापित हुन पुगेका बताइएको छ ।
सोमालियामा यस वर्ष बाढी मात्र नभएर खडेरी र आन्तरिक द्धन्द्धका कारण पनि ठूलो संख्याका नागरिक विस्थापित हुन पुगेका छन् ।
सोमालियाका विभिन्न भूभागमा आन्तरिक द्धन्द्ध, खडेरी तथा पछिल्लो महिनाको बाढीमा परी ५ लाख ७५ हजार नागरिक विस्थापित भएका बताइएको छ ।
राष्ट्रसंघीय शरणार्थीसम्बन्धी एजेन्सी, युएनएचसिआरका अधिकारीहरुका अनुसार यस वर्षमात्र सोमालियामा विस्थापित मानिसको संख्या ५ लाख ७५ हजार रहेको बताइएको छ ।
अक्टोबर महिनाको वर्षाका कारण आएको बाढीबाट विस्थापित नागरिकको अवस्था निकै नाजुक रहेकोले सहयोगका लागि राष्टसंघीय एजेन्सी र सोमालियाली सरकारले आग्रह गरेको हो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया