न्युयोर्क मेरा लागि गाउँ नै हो। यहाँ गाउँमाझै हल्ला चल्छ, कुरा काट्ने गरिन्छ र स्नेह पनि बाँडिन्छ। डिसेम्बर महिना न्युयोर्कमा चिसोको बयान गरिरहनु पर्दैन।प्रचन्ड गर्मी होस् या मुटु कमाउने चिसो, एक अर्कालाई आवश्यक पर्दा न्युयोर्क एक भईहाल्छ।
यो ज्याक्सन हाईटको विशेषता नै हो।विशेषतः नेपाल भारत, बंगलादेश,पाकिस्तानका मानिसको बाक्लो बसोबास छ।ज्याक्सन हाईटलाई बुझ्नेहरु यसलाई मिनी बानेश्वर पनि भन्ने गर्छन्।
यहाँ रहँदा एक्लोपन महशुस हुँदैन।तर,शनिबार ज्याक्सन हाईट अलि फरक थियो।अक्सर हप्ताभरिको कामपछि नेपालीहरू भेटने थलो हो- ज्याक्सन हाईट।
कुईन्सको ७४स्ट्रीटस्थितचौतारी रेस्टुरेन्टमा अरू साँझहरु भन्दा नेपालीको जमघट बाक्लो थियो। कलाकार अभय ढुंगेलको पूर्व घोषित कार्यक्रम अनुसार ‘स्वरसम्राट नारायण गोपालको सम्झना साँझ’ हेर्न नेपालीहरू ठूलो संख्या उपस्थित थिए।
सपनाश्री, शिव परियार, जगदिश समाल,विमल डाँगी, अभय ढुंगेल,राम श्रेष्ठ, धेरैका आकर्षण थिए।सम्झना साँझको शुरूवात सपनाश्रीले आफ्नै शैलीमा गरिन्।
नारायण गोपालद्धारा गाईएको ‘म मरे पनि मलाई मेरो देशको माया छ...’ राष्ट्रप्रेमले ओतप्रोत यो गीतले भावुक बनाएको सहभागी श्रोताहरु स्पष्ट देख्न सकिन्थ्यो।
त्यस लगत्तै सपना गायक विमल डाँगीसँग प्रस्तुत हुन्छिन्।माहोल केही फरक बन्छ, संगीतको परिभाषा अनि नारायण गोपाल र गोपाल योन्जनको सांगीतिक यात्राको बयान गर्दै शिव परियार आफ्नै शैलीमा गुनगुनाउँछन्-‘तिम्रो जस्तो मटु मेरो पनि...’ माहोल अलि भिन्न हुन्छ।
सांगीतिक भ्रमणका शिलसिलामा अमेरिका आईपुगेका शिव भन्छन्,‘नारायण गोपाल जातभन्दा माथि उठे। उनको आवाज र सुर जाति विशेषको नभई सबै नेपालीको थियो।’
नारायण गोपाल राष्ट्रिय पुरस्कारबाट सम्मानित शिवले प्रवासमा नारायण गोपालको पूण्यतिथिका अवसरमा आयोजना गरिएको सम्झना साँझको खुलेर प्रशंसा गरे।
जग्दिश समाल, राम श्रेष्ठले पनि बेजोड प्रस्तुति दिए ।कार्यक्रम हेर्न न्युजर्सीबाट पुगेकी पुनम राना मल्लले भनिन्।संगीतले मानव र समाजलाई जोड्छ। संगीतको साधनाद्वारा देश, समाज जोड्ने कार्यमा नारायण गोपाल लागिरहेँ।
आर्थिक अभावले बिचलित भएनन्। उनको जीवनको सरलतामा उस्ताद बिस्मिल्ला खानको छवि देखिन्थ्यो। उनको जीवन संगीतले रंगिएको थियो। मानौं जात, धर्म र पहिचान नै संगीत थियो।सहभागी हुन पाएकोमा खुशी हुँदै नारायण गोपालकै गीत श्रद्धाञ्जली दिँदै गुनगुनाएँ, ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा....।’