कमलाले गरिदिइन् मैदान खालि... !

कमला : मलाई माफ गर्नुहोला, म अडिन सकिँन । फाइल तस्बिर ।

कमलाले गरिदिइन् मैदान खालि !

नेपालमा १३औं साग चलिरहेको बेला यो शीर्षक मात्र हेर्दा कुनै कमला नामक खेलाडीले खेल छोडिन् भन्ने अनुमान लगाउन सकिन्छ । यो स्वभाविक हो तर यो खेलसँग हैन, राजनीतिसँग सम्बन्धित समाचार हो । त्यो पनि नेपालको हैन, अमेरिकाको ।

कमला अर्थात् कमला ह्यारिस अमेरिकी सिनेटकी एक प्रभावशाली सिनेटर हुन्। सिनेटमा पश्चिमतटीय गाढा नीलो राज्य क्यालिफोर्नियाको प्रतिनिधित्व गर्ने उनी अमेरिकी राष्ट्रपति उम्मेद्वारका लागि डेमोक्रेटिक आकांक्षी थिइन् ।

१८ जनाको बाक्लो भींडमा चौथो स्थानमा रहेर प्रतिस्परेधा गरिरहेकी उनले आफ्नो उम्मेद्वार त्यागेर बाँकि १७ जनालाई मैदान खालि गरिदिएकी छिन् । यसैको आधारमा यो समाचारको शीर्षक बनेको हो-कमलाले गरिदिइन् मैदान खालि ।

 गएको जनवरीमा उम्मेदवारी घोषणा गर्दा उनी सम्भावित उम्मेद्वारजस्तै देखिएकी थिइन्। तर, एकपछि अर्को गर्दै उम्मेद्वारको भींड बढ्दै जाँदा उनी क्रमश: पछि पर्दै गइन्। आफ्ना नीतिहरूमा अडिग उनी पर्याप्त चन्दा संकलन गर्न नसकेर आर्थिक संकटमा पर्दै गएकी थिइन्। 

आर्थिक संकट टार्न उनले क्याम्पेका कर्मचारी कटौती गर्ने, केही कार्यालयहरू बन्द गर्ने लगायतका उपाय पनि अपनाइन्। तर, ती सबै उपाय उनलाई आर्थिक संकटबाट जोगाउन पर्याप्त भएनन्।

एकातिर बढ्दो आर्थक संकट अर्कोतिर प्रतिस्पर्धामा निरन्तर ओरालो लाग्ने स्थिति- यी दुबै कारणले अन्तत: उनी चुनावी मैदान छोड्न बाध्य भइन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी कट्टरविरोधी कमला क्यालिफोर्निया राज्यकी चर्चित महान्यायाधिवक्ता रहिसकेकी छिन्।

प्रकाशित मिति: : 2019-12-04 09:23:25

प्रतिकृया दिनुहोस्