अमेरिकी राष्ट्रपतिको डेमोक्रेटिक उम्मेद्वारीका लागि १८ जना आकांक्षी रहे पनि डिसेम्बर महिनाको डिबेटमा भने अहिलेसम्म ६ आकांक्षी मात्र योग्य भएका छन्।
योग्य हुनेमा जो बाइडेन, पिट बुटाजज, कमला ह्यारिस, एमी क्लोबुचार, बर्नी स्याण्डर्स र एलिजावेथ वारेन रहेका छन्।
बहस डिसेम्बर १९ मा क्यालिफोर्नियाको लस एञ्जलसस्थित युसीएलए लस्किन स्कूल अफ पब्लिक अफियर्सको प्रेक्षालयमा आयोजना हुदैछ । यो डेमोक्रेटिक प्राइमरी बहसको छैठौ श्रृंखला हुने छ । बहस पीबीएस न्यूज आवर्स र पोलिटिकोको सहकार्यमा आयोजना हुदैछ।
यसअघि नोभेम्बरको बहसमा रहेका कोरी बुकर, तुलसी गब्बार्ड, टम स्टेयर र एन्ड्रयु यांगले पनि डिसेम्बर बसका लागि आवश्यक प्रावधान पूरा गर्न सकेका छैनन्।
डिसेम्बर डिबेटका लागि योग्य हुनेमा जो बाइडेन, पिट बुटाजज, कमला ह्यारिस, एमी क्लोबुचार, बर्नी स्याण्डर्स र एलिजावेथ वारेन रहेका छन्।
सहभागिताका लागि डेमोक्रेटिक पार्टीको नेसनल कमिटीले कडा शर्त अगाडि सारेपछि धेरै उम्मेद्वारहरूले त्यो शर्त पूरा गर्न नसकेर सहभागी हुन नसकेका हुन्।
डेमोक्रेटिक नेसनल कमिटीका अनुसार डिसेम्बर डिबेटमा सहभागी हुन कम्तिमा पनि चार नेशनल वा दुई छिट्टै मत हुने राज्यमा चार प्रतिशत मत ल्याउनुपर्ने हुन्छ।ती राज्यमा आइवा, साउथ क्यारोलाइना र नेभदा रहेका छन्। यसैगरी कम्तीमा २० राज्यबाट आठसय चन्दादाताले बीस लाख डलर चन्दा दिएको हुनुपर्छ। यस अतिरिक्त अरू पनि केही थप प्रावधानहरू छन्।
अमेरिकाजस्तो ठूलो देशमा यी प्रावधान पूरा गर्न सहज छैन। यद्यपि, डिेबेटमा सहभागी हुन नपाए पनि उम्मेद्वारी भने कायम राख्न पाइन्छ । तर, डिबेटमा सहभागी हुनु र नहुनुले धेरै फरक पार्छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया