इस्लामिक स्टेट समूहद्वारा नयाँ नेता घोषणा

Photo Credit : US DEPARTMENT OF DEFENSE/REUTERS

इस्लामिक स्टेट (आईएस)ले अबु बकर अल–बग्दादी मारिएको पुष्टि गर्दै उनका उत्तराधिकारी घोषणा गरेको छ।

आईएसको समाचार एजेन्सी अमाकद्वारा सार्वजनिक एउटा अडिओ टेपमा जनाइए अनुसार अबु इब्राहिम अलहा–शेमी अल–कुरैशी नयाँ नेता घोषित भएका छन्।

अमेरिकी विशेष फौजको कारबाहीमा गत शनिवार अल–बग्दादी सिरियामा मारिएका थिए।

आईएसले आफ्ना नयाँ नेताबारे न विस्तृत विवरण नै सार्वजनिक गरेको छ न त कुनै तस्वीर नै सार्वजनिक गरेको छ।

तर उसले आफ्ना नयाँ नेता पश्चिमाहरूविरुद्ध लडाइँ गरेका एक अनुभवी जिहादी लडाकु भएको दाबी गरेको छ।

आईएसले सन् २०१४ मा इराक र सिरियाका ठूलो भूभागमाथि कब्जा गरेपछि अल–बग्दादी समूहका नेता घोषणा गरिएका थिए।

प्रकाशित मिति: : 2019-11-01 07:43:51

प्रतिकृया दिनुहोस्