अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोलोराडोमा सीमा पर्खाल लगाउने भनेर जगहसाइको पात्र बनेका छन् ।
झुट बोल्ने मामलामा कीर्तिमान बनाएका ट्रम्पले न्यु मेक्सिकोको सिमानामा पर्खाल लगाउने र कोलोराडोमा पनि पर्खाल लगाउने बताएर उनीसँग आफ्नै देशको भूगोलका ज्ञान पनि नभएको पुष्टी गरेका छन् ।
उनले भनेको अमेरिकी राज्य कोलोराडो अमेरिकाको बीचमा पर्छ जसको चारैतिर अरू अमेरिकी राज्यहरू छन्, कुनै अर्को देश नै छैन ।
ट्रम्पलाई लाग्यो यो पनि मेक्सिकोसँग सिमा जोडिएको राज्य हो, त्यसैले उनल बोल्दाबोल्दै के बोलें भन्ने पनि थाहा नपाई कोलोराडोमा पनि पर्खाल लगाउने कुरा गर्न पुगे ।
उनले पेन्सेल्भेनियाको पिट्सवर्गमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो घोषणा गरे ।
उनको यो घोषणा सुनेर स्रोताहरू हाँसे पनि तर उनले आफू बेबकुफ भएको होश नै पाएनन् ।
जब पछि कसैले उनको अमेरिकाको भौगोलिक ज्ञानको ऐना देखाइ दिए, त्यसपछ उनी आफू बेबकूफ भएको थाहा पाए । तर, त्यसपछि पनि उनी सच्चिनेतिर गएनन् उल्टै ठट्टा गरेको भनेर ट्विट गर्न पुगे ।
अमेरिका यतिबेला एउटा गैरराजनीतिक व्यापारिक पृष्ठभूमि भएको व्यक्तिलाई राष्ट्रपति छान्नुको मूल्य चुकाइरहेको छ ।
राष्ट्रपति ट्रम्पले अमेरिकालाई अर्कै फ्लाइङ सुसर त बनाए नै अमेरिकी राष्ट्रपति भन्ने पदलाी पनि अन्टसन्ट बोल्ने पदका रूपमा परिभाषित गरे ।
आफू यति सफेद झुट बोलिरहदा पनि उनी आफ्नो आलोचना गर्ने मिडियालाई भने फेक मिडिया भन्ने गर्छन् ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया