नेम्रिकाने एनआरएनको जितै जीत : डा. पौडेल हारे त्यसमा पनि जीत

नेम्रिकाने एनआरएनको जितै जीत : डा. पौडेल हारे त्यसमा पनि जीत । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

एनआरएनको नवौ काठमाडौैं कुम्भले अमेरिकाका लागि ऐतिहासिक जीत दिएको छ । केहीको हार भएको छ, त्यसमा पनि अमेरिकी एनआरएनको जीत मिलकेो छ ।

पहिलोपटक अमेरिकाले चुनाव जितेर एनआरएन आइसीसीमा पदाधिकारीको खाता खोलेको छ । 

खाता खोल्नेमा उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा र सचिव गौरीराज जोशी रहेका छन् ।

लामा र जोशी समावेसी समुह भनिने कुमार पन्त प्यानलबाट विजयी भएका हुन् भने थापा प्रजातान्त्रिक भनिएको कुल आचार्यको प्यानलबाट विजयी भएकी हुन् ।

लामा र थापा यसअघि पन उपाध्यक्षमा उम्मेद्वारी दिएर पराजित भएका थिए । दोस्रोपटकको प्रयासमा उनीहरू दुबै विजयी भएका हुन् ।

जोशीलाई भने पहिलो प्रयासमै सफलता हात लाग्यो । 

अमेरिकाको एनआरएनमा यी तिनैजना संस्थापन पक्षका हैनन् । संस्थापन पक्षमा नरहेका हुनाले उनीहरूको जीतलाई धेरैले शंकाको सुविधा दिदै बधाइ दिएका छन् । 

लामा यसअघि अमेरिकाज क्षेत्रको उपसंयोजक र संयोजक भएर काम गरिसकेका व्यक्ति हुन् । ती पदमा हुँदा उनलाई अन्तर्राष्ट्रिय एक्सपोजर पनि मिलेको थियो । अमेरिकी एनआरएनका रूपमा उनलाई संसारभरकै एनआरएनहरूले चिन्छन् पनि ।

लामालाई एनआरएन अमेरिकाका लागि गतिलो काम गर्ने भन्दा पनि यसको छविलाई थप खराव नगर्ने व्यक्तिका रूपमा मतदाताहरूले स्विकारेका हुन् । चारजना उपाध्यक्षको पद हुँदा उनी चौथो वरियताका एनआरएन उपाध्यक्ष बने । उनलाई पछ्याइरहेका डा. केशव पौडेल भने पाँचौमा पुगेर निकटतम प्रतिस्पर्धी बन्न पुगे ।

अमेरिकाबाट जाँदा महासचिवको उम्मेद्वार भनेर फेसबुक र पकेटबुक रंगाएका डा. पौडेल काठमाडौैं पुगेर आचार्य समुहको उपाध्यक्षमा सिमीत गरिए । त्यहीदेखि ओरालो लागेका डा. पौेडेल यसपटक नराम्ररी चिप्लिए ।

अमेरिकी एनआरएनको छविलाई धुमिल बनाउने डा. पौडेलको हारलाई लामाो जीतभन्दा बढी खुशीको विषय बनाइयो  । हार्ड ड्राइभ हर्कतले दुईदुई पटक एनआरएन अमेरिकाको अध्यक्ष भएका पौडेलले २०९३ लगाएर यसपटक पनि आफ्नै उत्तराधिकारी सुनील साहलाई अध्यक्षमा जिताएका थिए ।

यसरी अमेरिका कब्जा गरेका पौडेलको यही हर्कतका कारण संसारभर एनआरएन अमेरिकाको छवि ैझगडिया हार्डड्राइभवाला भएको थियो । उनको हारलाई त्यसैको दण्डका रूपमा खासगरी अमेरिकामा एनआरएनले लिएका छन् ।

उनीसँग टेनेसी कोर्टसम्म पुगेर पौठेजोरी खेल्ने रविना थापा पनि डा. पौेडेलको हार्ड ड्राइभ हर्कतविरूद्धको लडाईंका लागि पुरस्कृत भइन् । पौडेल र थापालाई कांग्रेसी ग्लुले जोडेर कुल आचार्य प्यानलबाट उठाइए पनि थापा गजब्बले विजयी हुँदा डा. पौडेल त्यतिकै नमज्जाले हारे ।

डा. पौेडेलकै प्यानलबाट अमेरिकाज क्षेत्रका लागि क्षेत्रीय संयोजकमा उठेका डा. विनोद साह पनि उनीसँगको हिसाब किताब बराबर गर्नुपर्दा नराम्ररी हारे । उनको हारमा भने अमेरिकाका सचेत एनआरएन दु:खी भएको देखियो । यद्यपि, संगत गुनाको फल भनेर चित्त बुझाउने पनि धेरै भेटिए । 

सचिवमा उठेका गौरीका लागि हरेक मोर्चामा जीत मिल्यो । उनी आफैं सचिवमा विजयी भए, अमेरिकाज क्षेत्रका सबै विजयी उनकै पक्षधर थिए । अर्थात् अमेरिकाको डा. पौडेल गुटको संस्थापन पक्ष विरोधी छवि बनाएकै उम्मेद्वार विजयी भए । क्षेत्रीय उपसंयोजक राम सी पोख्रेल र महिला क्षेत्रीय संयोजक उमा कार्की थापा पनि जोशी निकट नै हुन् ।

यसरी सबै क्षेत्रमा बल्ले बल्ले बनाएका जोशीका लागि केन्द्रमा पनि खुटो पल्टियो । केही पल छोडेर सबै पदमा उनी समेटिएकै प्यानलका उम्मेद्वार विजयी भए ।

यसपटकको एनआरएन आइसीसीको चुनावमा अमेरिकाको संस्थापन पक्ष नराम्ररी पराजित भयो । यसलाई गतिलो पाठका रूपमा लिएर अघि बढ्न नसके नेमिक्राने एनआरएनको भविष्य संकटमा छ । यसै पनि विवेकशील नेमिक्रानेहरू एनआरएनसँग सन्तुष्ट छैनन् र उनीहरू बाहिरै बसेर रमिता हेरिरहेका छन् । 

अमेरिकाज क्षेत्रबाट कसले कति पाए ? 


अध्यक्ष  

कुमार पन्त  १२० 

कुल आचार्य १३५ 

उपाध्यक्ष

अर्जुन कुमार श्रेष्ठ ५६

बद्री केसी ११५ 

धर्म राज अधिकारी ६१ 

हिक्मत बहादुर थापा ६४ 

केशव पौडेल १७०

किरण बिक्रम थापा ३६

मन के सी ९३

नरेन्द्र बहादुर भाट ६९ 

सोनाम लामा १५१

 

महिला उपाध्यक्ष 

सपिला राज भण्डारी ८४

रबिना थापा १६६

 

महासचिव 

जानकी गुरुङ्ग ११९

डा. हेमराज शर्मा १३१

सचिब 

अभिमान सिङ्ग बस्नेत ७७

बिनय अधिकारी २१ 

दिपक प्रसाद ओली १८

गौरीराज जोशी १९४

आर के सर्मा ७४

सिब कुमार बरवाल १४

सुस्मा लिम्बु ३५

 

कोषाध्यक्ष 

महेश कुमार श्रेष्ठ १७८

सुदन थापा ७१ 

सह कोषाध्यक्ष

गोभिन्द प्रसाद गौतम ८८

लोक प्रसाद दहाल १४१ 

महिला संयोजक

प्रमिला खड्का बस्नेत ५२ 

भुमा देबि लिम्बु ६५

सङ्गिता मरहट्टा शर्मा ९१

जुनु गुरुङ्ग ३४ 

युवा संयोजक 

हिमाल गुरुङ् १०४ 

सुदिप कार्की :- ४४ 

स्वतन्त्र प्रताप साह :- ९५ 

क्षेत्रीय संयोजक अमेरिका 

राजन त्रीपाठी :- १५४ – बिजयी 

डा. बिनोद प्रसाद साह १०१

क्षेत्रीय उप संयोजक अमेरिका 

अभिमन्यु बस्नेत १०२

राम सी  पोख्रेल १५०- बिजयी 

क्षेत्रीय महिला संयोजक  अमेरिका 

राधा कुमारी पौड्याल १०६ 

उमा कार्की थापा १४४ – बिजयी 

प्रकाशित मिति: : 2019-10-19 08:26:26

प्रतिकृया दिनुहोस्