विश्वका एक मात्र महाशक्ति राष्ट्र अमेरिकाका कमाण्डर-इन-चिफ समेत रहेका राष्ट्रपतिले लेखेको चिठी अर्को एक राष्ट्रका राष्ट्रपतिले रद्दीको टोकरीमा फालिदिए ।
झट्ट सुन्दा कसले पत्याउँछ र यो खबर ? तर, यो सत्य हो कि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लेखेको पत्रलाई रद्दीको टोकरीमै फालिदिए ।
विश्व कूटनीति र अन्तर्राष्ट्रिय सम्वन्धकै इतिहासमा अद्भूत र अचम्म लाग्ने घटनालाई त्यस क्षेत्रका पण्डितहरूले स्वभाविक मानेका छन् । एक अमेरिकी अन्तर्राष्ट्रिय कूटनीतिका प्राध्यापक ड्यानियल भन्छन्- ' राष्ट्रपति ट्रम्पले लेखेको चिठीको भाषा नै त्यसका लाथि जिम्मेवार छ । म अमेरिकाको राष्ट्रपतिले यति तल ओर्लेर चिठी लेख्न सक्छ भन्ने कल्पना पनि गर्न सक्दिन । टर्कीका राष्ट्रपतिले जे गरे ठीक गरे त भन्दिन तर त्यो चिठी त्यसका लागि लायक थियो ।'
राष्ट्रपति ट्रम्पले लेखेको चिठीको भाषा नै त्यसका लाथि जिम्मेवार छ । म अमेरिकाको राष्ट्रपतिले यति तल ओर्लेर चिठी लेख्न सक्छ भन्ने कल्पना पनि गर्न सक्दिन । टर्कीका राष्ट्रपतिले जे गरे ठीक गरे त भन्दिन तर त्यो चिठी त्यसका लागि लायक थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अक्टोबर ९ तारिखमा लेखेको चिठीमा टर्कीका राष्ट्रपतिलाई एर्दोआनलाई भनेका छन्, 'एउटा राम्रो सम्झौताका निम्ति काम गरौँ। हजारौँ मानिसलाई बलि चढाइएको कुराका लागि तपाईँ जिम्मेवार हुन चाहनुहुन्न र टर्कीको अर्थतन्त्र ध्वस्त पार्नका लागि म जिम्मेवार हुन चाहन्नँ ।'
'यदि ठीक ढङ्गले र मानवीय तरिकाले काम गर्नुभयो भन्ने इतिहासले तपाईँलाई सकारात्मक रूपले हेर्नेछ । त्यसरी गर्नुभएन भने इतिहासले तपाईँलाई राक्षसको रूपमा हेर्नेछ।"
त्यसको जवाफमा टर्कीका राष्ट्रपतिनिकट स्रोतहरूले बीबीसीलाई भने, "राष्ट्रपति एर्दोआनले पत्र प्राप्त गर्नुभयो, पूर्ण रूपमा त्यसलाई अस्वीकार गर्नुभयो र रद्दीको टोकरीमा फालिदिनुभयो।"
चिठीको अन्तमा लेखिएको छ -'धेरै कठोर नबन्नू । मूर्ख नबन्नू ।
अमेरिकी राष्ट्रपति ट्रम्पको यही पत्र टर्कीका राष्ट्रपतिलाई एर्दोआनले रद्दीको टोकरीमा फालिदिएको बताइन्छ ।