अमेरिकामा सवारी दुर्घटनाः नेपाली मूलका दुई नागरिकको मृत्यु, ४ जना घाइते

सांकेतिक तस्बिर

अमेरिकास्थित ओहायोको चौबाटोमा तीन गाडी एक आपसमा ठोक्किँदा नेपाली मूलका दुई नागरिकको मृत्यु भएको छ।दुर्घटना अन्य ४ जना घाइते भएका छन् ।

गत शनिबार राति १० बजे मोर्स सडक र सनबर्न सडक जोड्ने चौबाटोमा भएको दुर्घटनामा परी नेपाली मूलका २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको मृत्यु भएको हो । दुर्घटना परेकी २२ वर्षीया सृजना विश्वकर्माको भने अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले आफ्नो फेसबुक पेजमार्फत् विज्ञप्ति जारी गरेको छ।

घानाका कोबी स्टिलवेलले चलाएको ‌अडी ए ६ कार इस्टबाउन्ड रोडबाट आउँदै गरेको थियो। त्यस गाडीमा जाशन स्कट र खलिब वाटसन सवार रहेका थिए।

कोबी स्टिलवेल र खलिब वाटसन सामान्य घाइते भइ ग्रान्ट मेडिकल सेन्टरमा उपचार गरिएको थियो। स्कट भने गम्भीर घाइते भइ माउन्ट कार्मेल इस्ट अस्पतालमा भर्ना गरिएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-10-14 18:21:41

प्रतिकृया दिनुहोस्