सोमबार, १५ डिसेम्बर २०२५

सन् २०२१ को लागि 'डीभी' आवेदन खुल्ला, चाहिने भयो पासपोर्ट

News Image
तस्बिरः एजेन्सी
• • •

सन् २०२१ को लागि डाइभर्सिटी भिसा (डीभी) लागि आवेदन खुल्ला भएको छ । संयुक्त राज्य अमेरिकाले २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन खोलेको हो । डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन।

अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा जनाइएको छ।

अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ। साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ।

तर डिपेन्टेन्टमा जानेका लागि भने यो आवश्यक छैन।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!