विश्वको चर्चित व्यावसायिक पर्यटन गन्तव्य टाइम्स स्वाक्यरबाट नेपाल भ्रमण वर्ष २०२० को प्रचारात्मक अभियान थालनी गरिएको छ । ४०औं विश्व पर्यटन दिवसको अवसरमा कन्सुलेट जनरल अफ नेपाल न्युयोर्क, ट्राभल ब्यूरो अफ नेपाल र अदिवासी जनजाति महासंघले संयुक्त रूपमा एक सांस्कृतिक कार्यक्रमसहित अभियानको थालनी गरेका हुन् ।
शुक्रवार आयोजना भएको कार्यक्रममा न्यूयोर्क वरपर रहेका नेपालीको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । सबैले भिजिट नेपाल २०२० को टिसर्ट लगाएर यो अभियानमा साथ दिएका थिए । त्यस अबसरमा कुमारी नृत्य, मन्जुश्री नृत्य, लाखे नाचलगायतका मौलिक नेपाली नृत्य हेर्न टायम्स स्क्वायर क्षेत्रमा घुम्न आउने पर्यटकको संख्या पनि उल्लेख्य रहेको थियो । टाइम्स स्वाक्यरमा सन्जिता कोइरालाको नेपाली लोक नृत्य प्रस्तुतीले निकै शोभा बढाएको थियो ।
सो अवसरमा कविना महर्जनले कुमारी नृत्य, सरिना महर्जनले मन्जुश्री नृत्य, प्रेम गोपाल महर्जनले निकै उत्कृत्ट ढंगले लाखे चान प्रस्तुत गरेका थिए । ट्राभल ब्यूरो अफ नेपालले कार्यक्रम निकै सफलतापूर्वक उत्साहित ढंगले सम्पन्न भएको जनाएको छ । ब्यूरोका प्रदीप श्रेष्ठका अनुसार यस्ता किसिमका कार्यक्रमले नेपाल आउने अमेरिकी पर्यटकको संख्यामा सुधार आउने बताए ।
अमेरिकी दूतावासका अनुसार सन् २०१९ को पहिलो ८ महिनामा नेपाल आउने अमेरिकी पर्यटकको संख्यामा ६ प्रतिशतले बृद्धि भएको छ । दूतावासले आठ महिनामा ५८ हजार ६२१ अमेरिकी पर्यटकले नेपाल भ्रमण गरेको जानकारी दिएको छ ।







माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया