सवारी दुर्घटनामा निधन भएका सापकोटाको अमेरिकामै अन्त्येष्टी, अस्तु लगिदै नेपाल

बिएल

अमेरिकामा सवारी दुर्घटनामा निधन भएका विष्णुप्रसाद सापकोटाको दुर्घटना भएकै सहर केन्टकीको लेक्जिङ्टनमा हिन्दू धर्मसंस्कार अनुसार अन्येष्टि गरिएको छ । उनको १३औ दिनको संस्कार भने पशुपति क्षेत्रमा गरिने उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । मृतक सापकोटाको ज्वाइँ रोशन घिमिरे र श्रीमति शनिवार नै नेपाललर्फ प्रस्थान गर्ने भएका छन् ।

स्थानीय सामाजिक अभियन्ता राम खनालका अनुसार अन्त्येष्टीमा त्यस क्षेत्रमा बसोवास गर्ने करिब दुई सय नेपालीको सहभागिता रहेको थियो । 

सामाजिक अभियन्ता प्रकाश शर्मा, पुरुषोत्तम बराललगायतको पहिलो ५० हजार अमेरिकी डलरको गोफण्ड स्थाना गरी मृतकको परिवारलाई सहयोग अभियान समेत चलाइएको छ । 

प्रकाशित मिति: : 2019-09-28 21:55:45

प्रतिकृया दिनुहोस्