मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डिस्चार्ज गरिने भएको छ।
उनलाई दिउँसो ३ बजे डिस्चार्ज गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्टि गरे।
प्रधानमन्त्री ओलीको नौ दिनअघि एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। उनको घाउ निको हुँदै गएकोले डिस्चार्ज गर्न लागिएको चिकित्सकहरूले बताएका छन्।
‘प्रधानमन्त्रीको पेटको घाउँ सुक्खा हुँदै गएको छ, अब सामान्य रूपमा हिँड्न सक्नुहुन्छ’ एक चिकित्सकले भने। ओलीको पेटमा संक्रमण भएकाले शल्यक्रियापछि पनि लामो समय अस्पतालमा बस्नु परेको चिकित्सकको भनाइ छ।
चिकित्सकहरूले शल्यक्रिया गरेको घाउ पूर्णरूपमा ठीक भएपछि मिर्गौला प्रत्यारोपणको तयारी थालिने बताएका छन्। ओलीलाई मिर्गौला दिन दुईजनालाई तयारी अवस्थामा राखिएको छ । स्रोतका अनुसार उनीहरू ओलीका भान्जा भान्जी हुन् ।
त्यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया