अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरूद्ध 'महाअभियोग छानबिन'को घोषणा

महाअभियोग छानबिनको घोषणापछि निरास ट्रम्प । तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरूद्ध महाअभियोगन लगाउने बाटो औपचारिक रूपमा खुल्ला गरिएको छ । 

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले मंगलबार अपरान्ह क्यापिटल हिलबाट यस्तो घोषणा गरेकी हुन् ।

उनले राष्ट्रपति ट्रम्पले संविधानको उलंघन गर्दै राष्ट्रका लागि घात गरेका यथेष्ट प्रमाणहरू भेटिएकाले संसद उनीमाथि महाअभियोगको प्रस्ताव अगाडि बढाउने निर्णयमा पुगेको बताइन् ।

उनले अमेरिकी संविधानले व्यवस्था गरेको शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई अस्वीकार गर्दै मैले जे गरे पनि ुहन्छ भन्नु नै महाअभियोगका लागि पर्याप्त आधार भएको बताइन् ।

यो पनि हेर्नुहोस् 
१५ वर्षीय छात्राले थालेको आन्दोलनले ल्याएको भूइँचालो
पेलोसीले संसदका सबै समितिहरूलाई महाअभियोगको लागि औपचारिक रूपमा छानबिनका लागि आदेश दिइन् ।

तर, सभामुख न्यान्सी पेलोसीको यो घोषणालाई राष्ट्रपति ट्रम्पले हाँस्यास्पद भएको बताए । उनले आफूले अमेरिकाका लागि राम्रो गरिरहेको बताउँदै यो निर्णयलाई दुर्भाग्यपूर्ण भने । यसो भनिरहेको भए पनि उनको अनुहारले भने अर्कै कुरा बताइरहेको थियो । उनी निक्कै हतास देखिन्थे । 

राष्ट्रपति ट्र्म्प संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्कमा रहेको बेला वासिङटन डीसीमा गरिएको घोषणाले उनको प्रतिष्ठामा ठूलो आघात पुगेको हुन सक्छ । उनी महाअभियोगको छानबिनका लागि आदेश दिइसकिएको राष्ट्रपतिका रूपमा फुस्स उडेको अनुहाो लिएर विदेशी पाहुनाहरूसँग हुनेछन् । यसले उनको सौदाबाजी गर्ने क्षमतामा उल्लेखनीय रूपमा ह्रास ल्याएको छ । 

अब के हुन्छ ? उनीविरूद्ध महाअभियोग प्रस्तुत हुन्छ ? प्रस्तुत भयो भने कहिले हुन्छ ? के उनीमाथि लगाइयो महाअभियोग पारित हुन्छ ? अमेरिकामा यतिबेला यी र यस्तै प्रश्नहरूको फालिम लागेको छ । उत्तरका लागि भने समयकै प्रतिक्षा गर्नुपर्ने हुन्छ । 

 

प्रकाशित मिति: : 2019-09-25 04:29:18

प्रतिकृया दिनुहोस्