राष्ट्रसंघ महासभाको मन्त्रीस्तरीय छलफलमा नेपाल सहभागी

बिएल

नेपालले संयुक्त राष्ट्रसंघको ७४ औं महासभाको मन्त्रीस्तरीय औपचारिक बैठकमा सहभागीता जनाएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीले सोमबार राष्ट्र संघका लागि सहयोग विभागका प्रमुख अतुल खरी, शान्ती संचालन विभागका प्रमुख जिन लेक्रोसी, फिनल्याण्डका विकास सहयोगमन्त्री भिली सिक्नरीसँग भेटघाट गरे।

यस्तै नेपालसहित बंगलादेश, इथोपिया, मालावीले संयुक्त रुपमा आयोजना गरेको युनिर्भसल हेल्थ कभरेज विषयक उच्चस्तरीय सहायक बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले स्वास्थ्य क्षेत्रमा गरेका प्रगती गुणस्तरीय स्वास्थ्य सेवाका बारेमा आफ्नो धारणा राखेका छन्।

 उच्च स्तरीय बैठकमा उपप्रधानमन्त्री यादव

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले युनिर्भसल हेल्थ कभरेज विषयक उच्चस्तरीय बैठकमा भाग लिएका छन्। बैठकमा बंगलादेशका स्वास्थ्य तथा परिवारमन्त्री जाहिद मलेकु, इथोपियाका स्वास्थ्यमन्त्री अमिर अमन हागोस, मालावीका स्वास्थ्य तथा जनसंख्यामन्त्री जापी महान्गो सहभागी थिए। उक्त

कार्यक्रममा स्वास्थ्यमन्त्री यादवले विश्व स्वास्थ्य समावेशको महत्व, भइरहेका प्रगति र गुणस्तरीय स्वास्थय विषयमा नेपालको धारणा राखेका थिए।

प्रकाशित मिति: : 2019-09-24 15:29:10

प्रतिकृया दिनुहोस्