अमेरिकाको बाल्टिमोरबाट नेपाली समुदायका लागि अर्को एक दु:खद समाचार आएको छ ।
स्थानीय ओइङ्ग मिल्समा बस्दै आएका ३५ वर्षीय नेपाली युवा कपिल पौडेल मृत अवस्थामा भेटिएका छन् ।
अमेरिकी समयअनुसार कामबाट बुधबार बिहानै घर फर्केका उनी दिउँसो आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिएका थिए ।
आत्महत्या गरेको हुन सक्ने आशंका गरिए पनि यसै भन्न सकिएको छैन ।
उनको शव पोष्टमार्टमका लागि प्रहरीले लिएर गएको बताइएको छ । पोष्टमार्टमको रिपोर्ट भने आइसकेको छैन ।
यो पनि हेर्नुहोला
दाईजोको निहुँमा कुटपिट
यो समाचार पनि पढ्नुहोला
'श्रद्धा ल्याउन नसकिए पनि सौर्य-प्रभासको घाउमा मल्हम लगाउन सकिने रहेछ !'
अमेरिकाको मिजौरी-दुर्घटनामा निधन भएका तीन नेपालीको दाहसंस्कार: ओभाएनन् आफन्तका आँखा
काठमाडौं बालाजुका कपिल कृष्णचन्द्र र शर्मिला पौडेलका कान्छा छोरा थिए । सन् २००८ मा अमेरिका आएका उनले ट युनिभर्सिटी, वेस्ट भर्जिनियाबाट स्नातकोत्तर पूरा गरेका थिए ।
उनको नौमहिना अगाडि मात्र विवाह भएको थियो । नेपालमै रहेकी उनकी श्रीमती निशा अमेरिका आउने क्रममा रहेको जनाइएको छ ।
उनको सेप्टेम्बर १४ मा बाल्टिमोरको मिलर्सभिलमा दाहसंस्कार गरिने बताइएको छ । त्यसका लागि परिवारका सदस्य तथा आफन्तहरू बाल्टिमोर आउने क्रम जारी रहेको जनाइएको छ ।
उनको निधनमा नेपाली संघ-संस्था र समुदायका अगुवाहरूले दु:ख व्यक्त गरेका छन् । उनको अन्तिम संस्कारका लागि मनकारीहरूले सहयोग गरिरहेको पनि बताइएको छ ।
अमेरिकाको संघर्ष र जीवनको परिभाषा नै फेर्नुपर्ने बाध्यताले नेपाली युवाहरू थाक्न थालेको हो कि जस्तो देखिएको छ । केही समययता नेपाली डायस्पोरामा आत्महत्या गर्ने र संघर्षबाट थाकेर होमलेस हुने क्रम बढ्दो छ ।
कपिल पनि संघर्षदेखि थाकेका हुन सक्ने उनका साथीहरूले आशंका गरेका छन् ।