अमेरिकामा सन् २०२० को राष्ट्रपति चुनावका लागि डेमोक्रेटिक आकांक्षीहरूको त्स्रो चरणको बहस आज साँझ आयोजना हुदैछ । एबीसीसँगको सहकार्यमा टेक्सासको ह्युस्टनमा आयोजना हुने बहस अमेरिकी मध्य समयअनुसार साँझ ७ बजेदेखि १० बजेसम्म तीन घण्टा हुने छ ।
आजको बहसमा डेमोक्र्टिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेद्वार हुन चाहने १० जना आकांक्षीहरू सहभागी हुनेछन् । यसअघि १०-१० जना आकांक्षीलाई दुई समूहमा विभाजित गरेर पहिलो चरणको मियामीमा र दोस्रो चरणको डेट्रोयटमा बहस आयोजना गरिएको थियो । दुबै बहस सीएनएनसँगको सहकार्यमा आयोजना गरिएका थिए ।

सुरूमा २४ जनाले उम्मेद्वारी घोषणा गरे पनि अहिले २० जना मैदानमा छन् । त्यसमध्ये तेस्र चरणको बहसमा डेमोक्रेटिक पार्टीले मान्यता दिएका चार मत सर्भेक्षणमा कम्तीमा दुई प्रतिशत मत ल्याएका र २० वा बढी राज्यका कम्तीमा चारसय दाताबाट एकलाख तीस हजार अमेरिकी डलर चन्दा उठाउन सकेका १० जना मात्र सहभागी हुन पाउँनेछन् ।
यो न्युनतम शर्त पूरा गरेका १० जना उम्मेद्वारमा जोन बाइडन, कोरी बुकर, पेटे बुटिगिग, जुलियन कास्ट्रो, कमला ह्यारिस, एमी क्लोबुचर, बेटो ओरूर्क, बर्नी सान्डर्स, एलिजावेथ वारेन र एन्ड्यु याङ रेहका छन् । आज उनीहरू नै बहसमा सहभागी हुनेछन् ।
बहसमा पहिलोपटक जनमतमा उच्च तीन स्थानमा रहेका आकांक्षीहरू क्रमश: जो बाइडेन, एलिजावेथ वारेन र बर्नी साण्डर्ससँगै उत्रदैछन् ।
यसैबीच बिल द ब्लाजिओ, जोन डिलानी, तुल्सी बावार्ड, टिम रायन, जे इन्स्ली, माइकल बेनेट, बाइनी मेसम, मारियम विलियमसम, टोम स्टेयर र जो सेस्टकले उम्मेद्वारी कायमै राखे पनि उनीहरूले न्युनतम शर्त पूरा नगरेका कारण बहसमा सहभागी हुन सकेनन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया