अमेरिकाको दक्षिणपूर्वी राज्यहरू अर्को एक विनाशकारी आँधीको प्रतीक्षामा छन् । डोरियन नामको पाँचौं श्रेणीको विनाशकारी आँधी एटलान्टिक टापु बहमासलाई तहसनहस पार्दै फ्लोरिडातिर अगाडि बढेको बताइएको छ । मौेसमविदहरूका अनुसार सोमबार राति डोरियन फ्लोरिडा प्रवेश गर्नेछ । यसबाट फ्लोरिडाका अतिरिक्त नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना र जर्जिया पनि प्रभावित हुने बताइएको छ ।
डोरियनसँग जुध्नका लागि यी राज्य सरकारहरूले तयारी गरिरहेका छन् । सबैलाई खुशी राख्न नसकेपनि सबैलाई सुरक्षित राख्ने सोचका साथ तयारी गरिएको बताइएको छ ।
फ्लोरिडामा सोमबार साँझसम्म डोरियन प्रवेश गर्ने भएकाले आँधीले प्रभाव पार्नसक्ने सम्भावित क्षेत्रका बासिन्दालाई अपरान्हसम्म उक्त स्थान छाडेर सुरक्षित स्थलतर्फ लाग्न भनिएको छ फ्लोरिडा जर्जिया र साउथ क्यारोलिनाका १९ काउन्टीका बासिन्दालाई अनिवार्यरुपमा छोड्न भनिएको छ । घर छोडनुपर्नेको संख्या करिव १० लाद हुने अनुमान गरिएको छ ।
प्रतिघण्टा दुई सय ८५ किलोमिटरको वेगमा बहामसको उत्तर-पश्चिमी क्षेत्रमा प्रवेश गरेको आँधीले त्यहाँका १३ हजार घर ध्वस्त बनाएको बताइएको छ ।
डोरियन अमेरकामा प्रवेश गर्दा भने यसको गति घटेर प्रतिघण्टा १७० किलोमिटर हुने अनुमान गरिएको छ । यो अमेरिकी इतिहासकै दोश्रो ठूलो आँधी हो । यसअघि सन् १९८० मा आएको एलेन आँधी प्रतिघण्टा १९० माइलको गतिमा आएको थियो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया