अन्तरिक्षमा पहिलो अपराध, मुद्दा पर्यो पृथ्वीमा

अन्तरिक्षमा म्याकक्लेन : मुद्दा पर्यो पृथ्वीमा, बन्यो नयाँ इतिहास । तस्बिर : एजेन्सी

अन्तरिक्षमा गैरकानूनी काम भएको भन्दै पृथ्वीमा मुद्दा परेको छ । 

मुद्दा अन्तरिक्षमा रहेको बेला एक महिला अन्तरिक्षयात्रीले आफ्ना पूर्वपतिको बैंक खाता अनाधिकृत किसिमले हेरेको भन्ने रहेको छ ।

अमेरिकाको फेडेरल ट्रेड कमिशनमा पूर्वपति समर वोर्डेनले अन्तरिक्षयात्री एन म्याकक्लेनविरूद्ध मुद्दा दिएका हुन् ।

म्याकक्लेन अमेरिका सेनाकी विमानचालक हुन् भने वोर्डेनले वायुसेनामा गुप्तचर हुन् । २०१४ मा विवाह गरेका उनीहरूले २०१८ मा सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए । 

अमेरिकी अन्तरिक्ष निकाय नासाले मुद्दा हेरिरहेको बताएको छ । 

आरोपी एन म्याकक्लेन वोर्डेनसँग छोरा हुर्काउन यथेष्ठ पैसा रहे-नरहेको विचार गर्न ब्याङ्क खाता हेरेको बताउँदै कुनै गलत काम नगरेको बताएकी छिन् । 

म्याकक्लेनले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको ब्याङ्क खाता हेरेको तर कुनै गलत नगरेको बताएको न्यूयोर्क टाइम्सले लेखेको छ।

उनसँग छुट्टिएका पति समर वोर्डेनले फेडेरल ट्रेड कमिशनमा यस सम्बन्धमा उजुरी गरेका छन्।

म्याकक्लेन पृथ्वीमा फर्किसकेकी छन्।

न्यूयोर्क टाइम्सलाई उनले एक वकिलमार्फत् आफूले परिवारको आर्थिक अवस्था हेरेर वोर्डेनसँग छोरा हुर्काउन यथेष्ठ पैसा रहे-नरहेको विचार गर्न ब्याङ्क खाता हेरेको बताएकी छन्।

म्याकक्लेन सन् २०१३ मा नासाले अन्तरिक्षयात्रीको रूपमा छानेको थियो । उनी त्यहाँ छ महिना बिताएर फर्किसकेकी छिन् । 

 अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको स्वामित्व भएका देशमा रहेको कानुनी व्यवस्था नै सम्बन्धित देशको अन्तरिक्षयात्रीलाई लागु हुने बताइएको छ । ्

आरोप प्रमाणित भएमा म्याकक्लेन अन्तरिक्षबाट अपराध गर्ने पहिलो व्यक्ति हुनेछिन् ।

 

प्रकाशित मिति: : 2019-08-25 00:05:03

प्रतिकृया दिनुहोस्