अमेरिकाको टेक्सास राज्यको एल पासोमा २० जनाको ज्यान लिने २१ वर्षीय प्याट्रिक कुरेसिस श्वेत-अतिवादी भएको खुलासा भएको छ । उनले यो आक्रमण हिस्पानिक अतिक्रमणविरूद्ध गरेको बताइएको छ ।
उनले सामाजिक सञ्जालमा पोष्ट गरेको एक म्यानिफेस्टोमा हिस्प्यानिक अतिक्रमण अति भएकोले आफूले जति सक्ने त्यतिलाई मार्ने जनाएका छन् । उनल े ट्विटमा राष्ट्रपति ट्रम्पको प्रशसा गर्दै उनले बनाउन लागेको पर्खाल र लिएको आप्रवासीविरोधी नीतिको समर्थन गरेका छन् ।
यो पनि पढ्नुस्
उनी डल्लास नजिकै एलेनका बासिन्दा रहेको बताइएको छ । सुरूमा लिबर्टी हाइस्कूलमा अध्धयन गरेका उनले प्लानो सिनियर हाइस्कूलबाट सन् २०१७ मा ग्राजुयसन गरेका थिए । उनी एक्लै बस्न मन पराउने र अरूले त्यसमा बाधा पुर्याए गाली गर्ने रिसाह स्वभावका थिए ।
सर्प पाल्न रूचाउने उनी असामाजिक प्राणी जस्तै थिए, उनका एक सहपाठीले स्थानीय सञ्चार माध्यमलाई बताएका छन् ।
मास सुटिङका अन्य धेरैजसो घटनामा आक्रमणकारी मारिए पनि प्याट्रिक अपवादस्वरूप सकुशल पक्राउ परेका छन् । उनलाई प्रहरीले हत्या अभियोगमा मुद्दा चलाएर एल पासोको डाउन टाउन जेलमा पठाएको छ ।
एक प्रहरी अधिकारीले यो आक्रमण सम्भावित घृणा अपराधसँग सम्बन्धित हुनसक्ने बताएका छन् । एफबीआईले पनि यस घटनालाई घरेलु आतंकबादको आशंकामा अनुसन्धान सुरु गरेको बताएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया