सोमबार, १५ डिसेम्बर २०२५

म्याकफेडनको पर्खाल रकमान्तर नरोक्ने आदेश: राष्ट्रपतिलाई राहत, डेमोक्रेट्सलाई आहत

News Image
अमेरिकी राष्ट्रपति र संसदबीचको शक्ति संघर्ष । प्रतिकात्मक तस्बिर ।
• • •

अमेरिकाका एक संघीय न्यायाधीशले राष्ट्रपति ट्रम्पलाई राहत दिएका छन् । वासिङ्टनका न्यायाधीश ट्रेभर म्याकफेडनले बहुमतमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सले राष्ट्रपति ट्रम्पलाई पर्खालका लागि रकमान्तर गर्न रोक लगाउन गरेको अनुरोध अस्विकार गरेका छन्। यसबाट राष्ट्रपति ट्रम्पमाथि अंकुश लगाउने प्रयास बिफल हुँदा डेमोक्रेटहरूलाई ठुलो असफलता हात लागेको छ। 

न्यायाधीशले अमेरिकी सरकारका दुई अंग राष्ट्रपति र संसदबीचको शक्ति संघर्षमा तेस्रो पक्षमा रूपमा रहेको अदालत प्रवेश गर्न नहुने जिकिर गरेका छन्। उनले यो शक्ति संघर्षमा अदालत कसैको पक्षमा पनि लाग्न नहुने दलिल पेश गरे। 

उनले अमेरिकाको इतिहासमै आफ्नो अधिकार प्रयोग गर्न पाउँ भनेर संसदले अदालत गुहारेको कहिलै थिएन पनि भनेका छन् । 

डेमोक्रेट्स र राष्ट्रपतिबीचको शक्ति संघर्षमा डेमोक्रेटसहरूको विपक्षमा आएको यो नै पहिलो फैसला हो । म्याकफेडनले यस मुद्दामा गत महिना तीन घण्टा सुनुवाइ गरेका थिए । यो त्यसैको फैसला हो। उनले यो आदेशको आशय हाउसले राष्ट्रपतिविरूद्ध मुद्दा हाल्न लजाउनुपर्छ भन्ने पनि नभएको पनि बताएका छन् । 

म्याकफेडन राष्ट्रपति ट्रम्पद्वारा नियुक्त न्यायधीश हुन्। यसअघि अमेरिकी राष्ट्रपतिले दिएका आदेशहरूविरूद्ध अमेरिकाका विभिन्न अदालतले २८ वटा निर्णय दिएको थिए। 

उनको यो निर्णयलाई कानून विभागले स्वागत गरेको छ । 

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!