नेपाल सरकारद्वारा प्रस्तावित 'नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक'को घरदेशकाले मात्र हैन, परदेशमा रहेका नेपाली र नेपालीमूलका पत्रकार तथा सञ्चारकर्मीले पनि बिरोध गरेका छन्।
अमेरिकामा रहेका नेपाली तथा नेपालीमूलका पत्रकार तथा सञ्चारकर्मीका दुई संस्थाले पनि प्रेस विज्ञप्ती नै निकालेर घरदेशको सरकारले ल्याउन लागेको विधेयकको विरोध गरेका छन्।
अमेरिकाको वासिङ्टन डीसीमा केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा) ले जारी गरेको प्रेस विज्ञप्तीमा प्रस्तावित मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउन सक्ने ठहर गर्दै यस कदमप्रति कडा आपत्ति जनाइएको छ।
ईन्जाले नेपाल पत्रकार महासंघले नेपालमा शुरू गरेको दवाव र विरोधको कार्यक्रमप्रति एक्यबद्दता जनाउँदै विधेयक तत्काल फिर्ता लिई नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी अन्तराष्ट्रिय मुल्य, मान्यताका आधारमा उक्त विधेयकका विवादास्पद दफाहरुलाई तुरुन्त संसोधन गर्न नेपाल सरकारलाई अनुरोध पनि गरेको छ।
यसैगरी नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले पनि एक प्रेस विज्ञप्ती जारी नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल सम्वन्धी विधेयक फिर्ता गराउनका लागि नेपालमा शुरू गरेको दवाव र विरोधको कार्यक्रमप्रति एक्यबद्दता जनाएको थियो। महासचिव किरण मरहट्टाले जारी गरेको प्रेस विज्ञप्तीमा नेपालमा बिना अवरोध पत्रकारले पत्रकारिता गर्न पाउँनुपर्छ भन्ने मान्यतासहित स्वतन्त्र र निर्भिक पत्रकारिताको पक्षमा नेजा रहेको बताइएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया