अमेरिकामा रहेका कागजबिहिन नेपालीलाई दिइएको टम्पोररी प्रोटेक्टेड स्टाटस सन् २०२० को मार्च २४ सम्म लम्बिएको छ। नेपालमा गएको महाभूकम्पका पीडितका आफन्तलाई दिइएको यो सुविधाअन्तर्गत टीपीएस र त्यसबारेका सबै कागजातको अवधि पनि मार्च २४ सम्मै बढेको युएससीआईएसले जनाएको छ।
अमेरिकी सरकारको दैनिक जर्नल फेडरल रजिष्टरमा प्रकाशित सूचनाअनुसार नेपाल र होण्डुरसको टीपीएस सुविधा नौ महिनाका लागि बढेको हो। यो अवधिभर टीपीएस सुविधामा अमेरिकामा बसोबास गरेका नेपालीले कुनै पनि किसिमको थप शुल्क पनि तिर्नु नपर्ने भएको छ। तर टीपीएस सुविधा खारेज गरिसकेकाहरूले पनि त्यस्तो सुविधा नपाउने भउका छन्। तर पुन; फारम भरी दर्ता नगरेकाले चित्तबुझ्दो कारणसहितको जवाफ दिएमा टीपीएस सुविधा पाउन सक्ने सम्भावना रहेको बताइन्छ।

नेपालले सन २०१५ जुन २४ देखि टीपीएस सुविधा पाउँदै आएको छ। यसबीचमा दुईपटक थपिएको छ भने तेस्रोपटक नथप्ने निर्णय भएपछि मुद्दा परेको छ। समयमा मुद्दा किनारा नलागेकाले यसपटक भने नौ महिनाका लागि लम्बिएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया