संसदीय निर्वाचनमा विपक्षी सबै उम्मेदवार पराजित

फाइल तस्बिर

रुसी महासंघबाट टुक्रिएको बेलारुसमा संसद सदस्य चयनका लागि भएको निर्वाचनमा विपक्षी दलका सबै उम्मेदवार पराजित भएका छन्।

सोमबार सार्वजनिक भएको नतिजा अनुसार विपक्षी दलका कुनै पनि उम्मेदवारले जित हासिल गर्न नसकेको निर्वाचन आयोगले जनाएको छ।

बेलारुसको संसदमा ११० जना सांसद निर्वाचित भएका छन्। ती सबै जना बेलारुसका शक्तिशाली नेता अलेक्जेन्डर लुकाशेन्कोको दलका रहेका छन्।

विपक्षीहरुले यसअघि जितेको दुई सिटमा पनि यस पटक पराजय भोगेका छन्। आलोचकहरुले यस सदनलाई “रबर स्टाम्प” संसदको संज्ञा दिने गरेका छन्।

प्रकाशित मिति: : 2019-11-18 14:58:34

प्रतिकृया दिनुहोस्