सेञ्जेन भिसामा युरोपमा हुनुहुन्छ, यसरी बन्न सक्नु हुन्छ फ्रेञ्च आर्मी !

एक विदेशी युवा - फ्रेञ्च आर्मीका रूपमा । तस्बिर : फाइल/एजेन्सी

विश्वका विभिन्न देशमा बढ्दो नेपाली डायस्परोरासँगै नेपालीको कामको क्षेत्र पनि फराकिलो हुदैछ। यही क्रममा कुनै समय भारतीय आर्मी, ब्रिटिस आर्मी र सिगापुर प्रहरीको एक हिस्साका रूपमा रहेका नेपाली अहिले विभिन्न देशको राष्ट्रिय सेनाको हिस्सा बन्ने क्रम जारी छ।

नेपाली फ्रेन्च आर्मीको हिस्सा बन्न थालेको पनि लगभग तीन दशक पूरा भैसक्यो। तर, धेरैका लागि नपाली फ्रेन्च आर्मीमा छन् भन्ने कुरा नै पनि अनौठो लाग्न सक्छ । खासगरी पछिल्लो दशक ठूलो संख्यामा नेपाली फ्रेञ्च आर्मीमा र्ना भएका छन्। अहिले फ्रेञ्च आर्मीमा कार्यरत पालीको संख्या ७५० को हाराहारीमा पुगेको बताइन्छ ।

भन्नलाई फ्रेञ्च आर्मी भने पनि नेपालीले काम गर्ने चाँहि फ्रेञ्च फरेन लाइजन हो। यसमा भर्ना हुनका लागि भनेर केही नेपाली एजेन्सीले नेपालमै फ्रेञ्च आर्मीको लागि तयारी कक्षा भनेर कक्षा सञ्चालन पनि गरिरहेका छन्। तर, यथार्थमा यो गैरकानुनी र झुटो प्रचार हो। यसरी फ्रेञ्च आर्मीमा भर्ती सम्भव नहुने फ्रेञ्च फरेन लाइजनमै कार्यरत नेपालीहरू बताउँछन्।

सेन्जेन भिसा छ भने सिधै भर्तीकेन्द्र जानु उपयुक्त हुने बताउँदै फ्रेञ्च फरेन लाइजनमा कार्यरत् एक नेपाली भन्छन्- 'युरोप आउनु भएको छ, शारीरिक रूपले स्वस्थ र तन्दुरूस्त हुनुहुन्छ भने पोर्चुगल, स्पेनमा कार्ड वनाउन जानुभन्दा पहिला फ्रेञ्च आर्मीका लागि प्रयास गर्नुहोस् । के थाहा भाग्यले साथ दिन पनि सक्छ। '

कसरी कहाँवाट फ्रेन्च आर्मीमा भर्ना हुन सकिन्छ?

युरोपियन मुलुकको आधिकारिक सेनजेन भिसा लिएर घुम्न, पढ्न वा काम गर्न आएका १८ वर्षदेखि ३९ वर्ष नकाटेका जो कोही पनि सिधै भर्ती क्याम्पमा जान सक्छन् । फ्रान्सका Aubagne, Paris nogent, Lille, Nantes, St Rasbourg, Bordeaux, Nice, Perpignan, Toulouse मा रहेका फ्रेञ्च फरेन लाइजनका भर्ती केन्द्रमा साताको सातैदिन भर्ती खुल्ला हुन्छ।

के यो न्युनतम योग्यता ?
भर्ती क्याम्पको गेटमा गएर ८ पटक पुल-अप गरेपछि केही सामान्य ज्ञानका प्रश्न सोधिन्छ। यति गर्न सकेपछि गेट भित्र छिर्न सकिन्छ। यही नै फ्रेञ्च आर्मीमा भर्ना हुने पहिलो शर्त हो।

भित्र पुगेपछि उचाइ नापिन्छ। उचाइचाँहि तौल र शरीरको आधारमा कति चाहिने हो, त्यही अनुसार निर्धारण हुन्छ । त्यसपछि मेडिकल टेस्ट गरेर विभिन्न किसिमका २०-२० मिटर दूरीको दौड गराइन्छ।

शैक्षिक योग्यता खासै चाहिँदैन, फ्रेञ्च भाषा नआउँनेका लागि गेटमै दोभाषेको व्यवस्था गरिएको हुन्छ।

पास भएमा भर्ती लिन्छ र फ्रेञ्च फरेन लाइजनको नियमानुसारको तलब तथा सुविधा उपलव्ध हुन्छ। तर, असफल भएमा त्यहाँ जति दिन राखिन्छ, दिनको ३० युरोका दरले पारिश्रमिम दिएर विदा गरिन्छ।

फ्रेञ्च फरेन लाइजनमा भर्ती भएपछि भने त्यहाँ नयाँ नाम दिइन्छ। 

नेपालमा फ्रेञ्च आर्मीमा भर्ती गराउने भन्दै निराधार हल्ला चलाउन थालिएको छ। केहीले त प्रशिक्षण नै पनि सुरू गरेका छन्। तर, यो यथार्थ हैन, हल्ला मात्र हो ।नेपालबाट फ्रेञ्च आर्मीमा भर्ना गराउने कुरा सम्भव हुदैन।

के कस्ता सेवा र सुविधा पाइन्छ ?

छनौट भएपछि चार महिनाको तालिम हुन्छ। जब तालिम सकिन्छ तब आफ्नो योग्यतानुसार रेजिमेन्ट रोज्न सकिन्छ। कम्तिमा पनि पाँचवर्षे करारमा नियुक्ति दिइन्छ।  

दैनिक १२ घण्टाका दरले साताको पाँच दिन ड्युटी गर्नुपर्छ। खान, वस्न सरकारले नै दिन्छ। तलव चोखो एकहजार चार सय युरोबाट सुरू हुन्छ। 

भर्ती भएको पहिलो वर्ष सरकारी विदा बाहेक २० दिन विदा पाइन्छ भने त्यसपछि वर्षको ४५ दिन विदा हुन्छ। तलव बर्सेनी वढ्दै जान्छ भने परिवार पनि बोलायर वसोवास गर्न सकिने सुविधा छ।  

यो हल्ला हो, यथार्थ हैन 

नेपालमा फ्रेञ्च आर्मीमा भर्ती गराउने भन्दै निराधार हल्ला चलाउन थालिएको छ। केहीले त प्रशिक्षण नै पनि सुरू गरेका छन्। तर, यो यथार्थ हैन, हल्ला मात्र हो । नेपालबाट फ्रेञ्च आर्मीमा भर्ना गराउने कुरा सम्भव हुदैन। 

अझ केहीले त महिलालाई पनि फ्रेञ्च आर्मीमा भर्ती गराउने भन्दै हिडेको सुन्नमा आएको छ। विदेशी महिला फ्रेञ्च फरेन लाइजनमा भर्ती नै हुन सक्दैनन् । कानुनी रूपमा नै उनीहरू त्यसका लागि योग्य मानिदैनन्।

प्रकाशित मिति: : 2019-11-18 05:45:37

प्रतिकृया दिनुहोस्