सोमबार, १५ डिसेम्बर २०२५

फ्रान्सेली राष्ट्रपति म्याक्रोन चीन जाने

News Image
तस्बिरः एजेन्सी
• • •

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन चीनको भ्रमणमा जाने भएका छन् । उनी चीनका राष्ट्रपति सि चिनफिङको निमन्त्रणामा अगामी नोभेम्बर ४ देखि ६ सम्म चीनको भ्रमणमा जान लाग्नु भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ्ले बुधबार बताएका छन् ।

चीनको राजधानी बेइजिङमा आयोजना हुन लागेको दोस्रो चीन अन्तर्राष्ट्रिय आयात मेलाको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम पनि रहेको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।

त्यस भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि फ्रान्सका राष्ट्रपति म्यार्कोनबीच भेटवार्ता पनि हुने बताइएको छ । सो भेटका क्रममा दुई देश बीचको आपसी सम्बन्ध बढाउनेलगायत क्षेत्रीय र अन्तराष्ट्रिय मुद्धाहरुको विषयमा समेत छलफल हुने अनुमान गरिएको छ ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!