यूक्रेनमा भएको विमान दुर्घटनामा कम्तीमा पाँचको मृत्यु
यूक्रेनमा आठ यात्रुसहित उडेको सामान ढुवानीका लागि प्रयोग हुने एक विमान अवतरणका क्रममा शुक्रबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
द एन्टोनोभ–१२ एलभिभ विमानस्थलबाट करिब डेड किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटनास्थलबाट तीन जनालई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पतालमा पठाइएको छ ।
यूक्रेनी आपतकालिन सेवा सम्वद्ध अधिकारीले चालक दलका सदस्यहरूमध्ये तीन जनाको मृत्यु भएको र दुईको अवस्था अज्ञात रहेको बताएका छन् ।
“घटनामा पाँच जनाको मृत्यु भएको छ भने तीन जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ,” यूक्रेनी पूर्वाधार मन्त्री भ्लादिस्लाभ क्रिक्लीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेकाम छन् ।
उक्त विमान किभस्थित यूक्रेनी कम्पनी यूक्रेन एअर अलाएन्सद्वारा सञ्चालन गरिँदै आएको र स्पेनको भिगो विमानस्थलबाट यूक्रेनका लागि उडेको थियो । प्रारभ्भिक भनाइहरूमा विमान इन्धन खाली भएपछि दुर्घटना भएको उल्लेख छ ।
यूक्रेनी आपतकालिन सेवा विभागले विमानको एउटा पखेटा जमिनमा धसिएको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया